जसपाका तीन मन्त्रीलाई फिर्ता बाेलाएर आजै शपथमा नयाँ मन्त्री नियुक्त,

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सरकारमा गएका तीन जना मन्त्री फिर्ता भएर नयाँ नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादवलाई नियुक्त गर्नुभएको हो । नयाँ मन्त्रीहरूको शपथ आजै हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसपाले यसअघि कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले हिजो बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाउनुभएको थियो । जसपामा सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच विवाद बढ्दो छ । केही दिनअघि यादव पक्षले बैठक बसेर पुराना मन्त्रीलाई बोलाउने निर्णय गरेपछि विवाद झन् चुलिएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...