लालपुर्जा वितरण महोत्तरीमा अन्तिम चरणमा पुग्यो .,,अध्यक्ष गोले

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
राष्टिय भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोलेले भुमि प्राविधिकहरूले जग्गाको स्थलमैै गएर लागत संकलन तथा नाप, नक्साको काम अन्तिम चरणमा गरेकाले महोत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसंग गरेको कुराकानीमा उनले सोकुरा बताएका हुन। गोलेले जिल्लाभित्र रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्नै गरी आफुहरु निरन्तर खटेर काम गरेकोले पनि ‘लालपुर्जाको नक्साङ्कन समेत तयारी भैइसकेको जानकारी दिए।
गोलेले लालपुर्जा वितरणकोलागि बर्दिबास नगरपालिकाभित्र अव्यवस्थित, भुमिहीन तथा सुकुम्बासीहरूको ठुलो समस्यामा रहेको उल्लेख गर्दे
बर्दिवास नगरभित्र रहेका त्यस्ता  सबै जग्गाको नक्सा समेत तयारी भैइसकेको हुनाले अहिले फिल्डमा पुगेर प्रावधिकहरूले प्रमाणीकरण अगाडि बढाईको बताए। बर्दिवास नगरको १४ वटा वडामध्ये आधा वडामा प्रमाणीकरण प्रक्रिया सम्पन्न भैइसकेकोले चाडै लालपुर्जा सम्बन्धित जग्गाधनीको हात,हातमा पुर्याईने बिश्वास समेत उनले दिलाए।
बर्दिबास नगरपालिकामा मात्र १०औँ हजार परिवार एलानी जग्गामा बसोबास गर्दै आएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...