कुमारी आमा’ निहारिका ४ दिनदेखि आमरण अनशनमा, अधिकारकर्मीहरुद्वारा ऐक्यबद्धता

[sharethis-inline-buttons]

आज्ञा खबर
न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै अनिश्चितकालीन आमरण अनशनमा बसेकी धनुषाकी निहारिका राजपूतको आमरण अनशनमा अधिकारकर्मीहरुले ऐक्यबद्धता जनाएका छन् । कुमारी आमा भनेर चिनिएकी निहारिका चार दिनदेखि आमरण अनशनबसेकी छिन् ।

अधिकारकर्मीहरुले घटनाको छानबिन, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको न्यायको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यस्तै अनशनरत निहारिका र उहाँको बच्चाको स्वास्थ्य, सुरक्षा र जीवन रक्षाको लागि जतिसक्दो चाँडो पहल गर्न अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन् ।
पीडित निहारिकाले आफ्नो न्यायका लागि साथ दिन सबैसँग आग्रहगरेकी छिन । गएको शुक्रवार बिहानदेखि माइतीघर मण्डलामा आमरण अनशनरत उहाँलाई त्यही राति १० बजे प्रहरीले नियन्त्रणमा लिएर हनुमानढोका हिरासतमा राखेको थियो ।
शनिवार बिहान ८ बजे प्रहरीले छोडेपछि निहारिकाले वसन्तपुर दरबार स्क्वायरमा अनशन थालेकी हुन।
आफू १७ वर्षकी नाबालिग हुँदा जनकपुरका शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको उनको भनाइ छ । उनको अहिले २१ महिनाको छोरा छन् । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै आफ्नो मुद्दालाई कमजोर बनाएर लगेको उनको आरोप छ । जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते पीडक श्रेष्ठलाई सफाइ दिएको थियो ।

जिल्ला अदालतको फैसला उपर उनले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेकी थिईन। गएको फागुनमा दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी नतोकिएको उनको गुनासो छ । उहाँले बच्चाको डीएनए परीक्षण गर्न, उच्च अदालतबाट छिटोभन्दा छिटो पेशी तोकेर फैसला गर्न, दोषीलाई पक्राउ गरेर अनुसन्धान गर्न तथा आफ्नो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्य उपचार, शिक्षा लगायत आधारभूत कुरा राज्यबाट सुनिश्चित गरिदिन उनको माग छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासहितका अधिकारकर्मीहरुले हिजो अनशनस्थल वसन्तपुर पुगेर निहारिकाको मागमा ऐक्यबद्धता जनाएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...