सर्लाहीमा करेन्ट लागेर एक मजदुरको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको ईश्वरपुरमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ।

ज्यान जानेमा ईश्वरपुर ९ का ४० वर्षीय मनोज चौधरी रहेका छन।

चौधरी ईश्वरपुर नगरपालिका–७ मा रहेको मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रालिका मजदुर हुन्।
बिग्रिएको मोटर बनाउनेक्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय केशरजञ्ज, ईश्वरपुले जनाएको छ।
करेन्ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि तत्कालै बयलवासमा रहेको एक स्वास्थ्य संस्थामा पुर्याइएको थियो। उनलाई त्याहा चिकित्सकले तत्कालै मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...