आज्ञा खबर
विश्व वातावरण दिवसको अवसरमा महोत्तरीको गौशाला नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयको परिसर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामनगरको परिसरमा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण कार्यक्रमको शुभारम्भ गौशाला नगरपालिकाको नगरप्रमुख डा.दिपेन्द्र महतो र उपमेयर रेणु महतोले गरेका थिए ।
वृक्षारोपणले वातावरणमा सहयोग पु¥याउनुका साथै मानव जीवनमा पनि ठूलो भूमिा रहेको सहभागिहरुले बताएका छन् ।
त्यसैगरी महोत्तरी यूवा संजालले पनि विभिन्न जातका करीब २० वटा बिरुवा रोपिएको महोत्तरी यूवा संजालका संयोजक राजीव साहले बताए । रोपिएका बिरुवाहरुमा आँप, लिच्ची, गोलमोहर,कागती, धुपको बोट लगायत (पाँच) प्रजातीका विरुवाहरु रहेका छन ।





































