आज्ञा खबर
औरही – महोत्तरीको औरही नगरपालिका वडा नम्बर ३ मा नेपाली लोसपाका वडाध्यक्ष पदका उम्मेदवार रामकेवल यादव बिजयीभएका छन् ।यादव ५ सय ९७ मत प्राप्तगरी विजयी भएका हुन् ।
यादव दोस्रो पटक औरही नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्ष पदमा बिजय भएका हुन् । निर्वाचन कार्यालय औरहीका अनुसार यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका लालकिशोर यादव लाई ३९ मतले पछि पार्दै जित हात पारेका हुन् ।
यादवले ५ सय ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोज कुमार गोइतले जानकारी दिए।यादव वडा ३ मा निर्वाचित भएसँगै औरही नगरपालिकामा लोसपा ५ वटा वडामा जीत हात पारेको छ ।यस अघि लोसपाका वडा नम्बर १ मा योगी चौधरी,वडा २ मा दरेश यादव,वडा ७ मा जितेन्द्र यादव र वडा ६ मा बिनोद चौधरी निर्वाचित भईसकेका छ्न ।





































