वार्तापछि खुल्यो बीपी राजमार्ग, कालापानी आन्दोलनका सबै कार्यक्रम फिर्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानी क्षेत्रमा शनिबार बिहानदेखि अवरुद्ध गरिएको बीपी राजमार्ग वार्तापछि सञ्चालनमा आएको छ।

बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रशासन, कालापानी आन्दोलन संघर्ष समिति, स्थानीय राजनीतिक दल तथा समाजसेवीबीच भएको दुईपक्षीय वार्तापछि मौखिक सहमति जुटेसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको हो।

संघर्ष समितिका संयोजक गोपी श्रेष्ठका अनुसार वार्ताबाट सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको र त्यससँगै बीपी राजमार्गमा गरिएको अवरोध हटाएर यातायात सञ्चालनमा ल्याइएको छ।

यसअघि संघर्ष समितिले आफ्ना माग कार्यान्वयनको माग गर्दै शनिबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध गर्दै चक्काजाम गरेको थियो। सडक अवरुद्ध हुँदा उतर –दश्चिन काठमाडौँ भित्रिने र र्फकने सयौं सवारीसाधन रोकिएका थिए भने यात्रुहरूले केही समय सास्ती व्यहोर्नुपरेको थियो।

वार्तापछि राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् भने सडक क्षेत्रमा अवस्था सामान्य बन्दै गएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...