लागुऔषधसहित पक्राउ परेका मो. नसिर हत्या मुद्दाका फरार अभियुक्त रहेको खुलासा

[sharethis-inline-buttons]

आज्ञा खबर

लहान

सिरहाको लहानबाट लागुऔषधसहित पक्राउ परेका ६ जनामध्ये एक जना मो. नसिर हत्या मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त रहेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ गर्ने क्रममा आरोपितहरूले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो। गोली लागेर मो. नसिर र भारतका नागरिक विद्यानन्द यादव घाइते भएका छन्। दुवै जनाको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। घटनापछि सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको ब्युरोले जानकारी दिएको छ। प्रहरीका अनुसार मो. नसिर सप्तरीमा भएको एक व्यक्ति हत्या मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय भुक्तान गर्न झुम्का कारागारमा रहेका थिए।

जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। कारागारबाट फरार भएपछि नसिर लागुऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...