घुस लिँदै गर्दा लहानका कर अधिकृत अख्तियारको नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस रकम लिइरहेको आरोपमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ।

आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको अनुसन्धान टोलीले पाललाई सेवाग्राहीसँग रकमको लेनदेन भइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार लहानस्थित एक कम्पनीको कर परीक्षण तथा सम्बन्धित प्रक्रिया सहज बनाइदिने आश्वासन दिएर पालले सेवाग्राहीसँग घुस मागेको र रकम लिइरहेका बेला आयोगको टोलीले पक्राउ गरेको हो।

हाल बरामद भएको रकमको यकिन, घटनासम्बन्धी प्रमाण संकलन तथा अन्य आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सूचना अधिकारी पोखरेलले बताएका छन्। आयोगले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...