बर्दिबासमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक गम्भीर घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

महोत्तरीको बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास–जलेश्वर सडकखण्डको मेवाटोलमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार साँझ औरहीबाट बर्दिबासतर्फ आउँदै गरेको ५२८५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका बर्दिबास–८ हातिलेट निवासी ५० वर्षीय टिकबहादुर आलेलाई ठक्कर दिएको थियो। दुर्घटनामा आलेको टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको थियो।

घटनापछि स्थानीय र प्रहरीले उनलाई तत्काल बर्दिबासस्थित शुभ स्वास्तिक अस्पताल पुर्‍याएका थिए। त्याहाँ उपचारका क्रममा राति करिब १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक बर्दिबास नगरपालिका–१ नमुना बस्ती, अधिकारी टोल निवासी ४६ वर्षीय नारायण श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको र हाल जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय हातिलेटबाट पुगेको प्रहरी टोलीले मोटरसाइकल नियन्त्रणमा लि ई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...