आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वरनाथ साझेदारी वनका अध्यक्ष बिनय कुमार झा ले समुदायको सक्रिय सहभागिता र जिम्मेवारीबोधका कारण वन संरक्षण सम्भव भएको बताएका छन्।
बर्दिवासबाट सञ्चालित आज्ञा खबर डटकमको युट्युब च्यानलसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष झाले स्थानीय समुदायले वनलाई आफ्नो सम्पत्तिको रूपमा संरक्षण गर्दै आएको उल्लेख गरे। उनले वन संरक्षण, हरियाली प्रवर्द्धन तथा जैविक विविधताको संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहेको बताए।






