आज्ञा खबर
बर्दिवास
जलवायु परिवर्तनको बढ्दो चुनौती, वातावरणीय असन्तुलन र हरित क्षेत्रको संकुचनबीच वृक्षरोपण आज केवल औपचारिक कार्यक्रम मात्र होइन, भविष्यप्रतिको जिम्मेवारीको प्रतीक बन्दै गएको छ। यही सन्देशलाई आत्मसात गर्दै विश्व वातावरण दिवस २०८३ को अवसरमा बर्दिवास नगरपालिका–१ स्थित रातु ठाकुर मोक्षधाम परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।






