नागरिकको दुःखमा कांग्रेस उभिनुपर्छ सभापती : थापा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाली कांग्रेसका केन्द्रीय सभापती गगन कुमार थापाले पार्टीका नेता–कार्यकर्तालाई नागरिकको समस्या र दुःखमा प्रत्यक्ष रूपमा साथ दिन निर्देशन दिएका छन्। महोत्तरीको बर्दिबासमा बुधवार आयोजित नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित मधेश प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तह केन्द्रित परामर्श,कार्यशाला तथा भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस सत्तामा नभए पनि जनताको पक्षमा उभिने प्रमुख राजनीतिक शक्ति भएको बताएका हुन्।

उनले अन्याय, विभेद तथा नागरिकमाथि हुने ज्यादतीका विषयमा पार्टी संरचना मौन बस्न नहुने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने समस्या, सार्वजनिक तथा वन क्षेत्र अतिक्रमणजस्ता विषयमा कांग्रेसले जनताको आवाज बन्नुपर्ने धारणा राखे। नागरिकमाथि जबर्जस्ती व्यवहार गरेर, रातारात डोजर चलाएर वा विस्थापित गरेर समाधान खोज्ने प्रवृत्तिले सामाजिक सम्मानमा चोट पुग्ने उनको भनाइ थियो।

“नागरिकलाई दुःख परेको बेला हामी उनीहरूको साथमा छौँ कि छैनौँ भन्ने कुरा महत्वपूर्ण हो,” थापाले भने, “गलत अभ्यास र अन्यायका विरुद्ध कांग्रेस स्पष्ट रूपमा उभिनुपर्छ।”

उनले कांग्रेस सहभागी रहेका प्रदेश सरकार तथा स्थानीय तहका संरचनाले पनि जनमुखी र उत्तरदायी ढंगले काम गर्नुपर्नेमा जोड दिँदै जनविश्वास बढाउने गरी नयाँ शैलीमा सेवा प्रवाह आवश्यक रहेको बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...