धनुषामा सवारी दुर्घटना: एकको मृत्यु, एक घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६, मालटोल क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

धनुषा प्रहरीका अनुसार ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००४ प. १८९५ नम्बरको पल्सर मोटरसाइकललाई सोही दिशामा अघि बढिरहेको मधेश प्रदेश ०२–००१ च. १६४७ नम्बरको महिन्द्रा पिकअपले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले दुर्घटनामा स्थानीय ५५ वर्षीय समीम खानको मृत्यु भएको जानकारी दिए। घाइते अवस्थामै उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

उक्त दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–४ का ५० वर्षीय विनोद सिंह घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...