आज्ञा खबर
बर्दिवास
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रबाट संविधान सभाका पूर्व सदस्यसहित साना–ठूला राजनीतिक दलका १४ जना तथा स्वतन्त्र १३ जना उम्मेदवार गरी कुल २७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी महानिर्देशक मुकेशराज काफ्लेले पनि उम्मेदवारी दर्ता गराएका छन्। काफ्ले आफ्ना समर्थकसहित नारा–जुलुस गर्दै शक्ति प्रदर्शनका साथ दिउँसो करिब २ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए।
काफ्लेको मनोनयन दर्ताकालागी नेपाली कांग्ेसका महोत्तरी क्षेत्र नम्बर १ का सभापतीमहेश कुमार झा प्रस्ताबक तथा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ का महासमिती सदस्य तथा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री समर्थक रहेको नेपाली कांग्रेसले जनाएको छ। मनोनयन दर्तापछी नेपाली कांगे्रस एक ढिक्का भएको काफ्लेदाबी गर्छन।
यसैगरी नेकपा एमालेबाट निबर्तमान प्रतिनिधिसभा सदस्य लक्षमी महतो कोईरी, नेपाली कम्युनिष्ट पार्टीबाट गिरिराजमणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद कुमार महतो तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यानिखर गौतमले उम्मेदवारी दर्ता गराएका छन्।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गगनदेव महतोले विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी कुल २७ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए।





































