आज्ञा खबर
बर्दिवास
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिए का छन। उनले जनकपुरधामस्थित मधेश प्रदेशसभा सचिवालयमा पुगेर प्रदेशसभाका सभामुख रामआशिष यादवसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुँन।
प्रदेशसभा सचिवालयमा दर्ता गरिएको राजीनामा पत्रमा सिंहले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ (१) अनुसार आफूले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको स्पष्ट उल्लेख गरीएको छ।
जनमत पार्टीबाट सप्तरी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सिंहले आफ्नो राजीनामा आजकै मितिदेखि लागू हुने गरी दिएको प्रदेशसभा स्रोतले जनाएको छ।
राजीनामापछि प्रदेशसभा सदस्यको हैसियत समाप्त हुने र उक्त क्षेत्रमा उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको बताइएको छ।





































