बर्दिवास नगरपालिका नगरसभाको १७ औँ अधिवेशन सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले नगरसभाको १७ औँ (हिउँदे अधिवेशन) शुक्रवार सफलतापूर्वक सम्पन्न गरेको छ। नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न नगरसभामा चालु आर्थिक वर्ष २०८२÷८३ को योजना संशोधन गर्ने निर्णय पारित गरिएको हो।

नगरसभाले आवश्यक देखिएका विभिन्न विषयमा छलफल गर्दै ३ वटा प्रस्ताब अनुमोदन गर्ने निर्णय गरेको हो। अबिधेशनलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले नगर अधिबेशन भनेकै छुटपुट रहेको योजनालाई कार्यबिधिको रुपमा समेटदै लगिने माध्यम भएको बताएका छन । उनले नगरपालिका भित्रका सम्पुर्ण योजनाहरुलाई निकास दिने मुख्य सभा भनेकै नगरसभा भएकाले संशोधन गर्नुपर्ने योजनालाई कार्यपालिकाको बैठकबाट पारित गरेर नगरसभामा ल्याईएको जनाए । प्रमुख क्षेत्रीले नगरपालिकाको कार्यपालिकामा पेश गरिएको बजेट मध्ये अति महत्वका बिषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आजको आवश्यता भएको उल्लेख गरे ।

नगरसभालाई सम्बोधन गर्दै प्रमुख प्रशाशकीय अधिकुत राममणि अधिकारीले नगरसभा भनेकै स्थानिय सरकारको संसद भएको बताए । उनले स्थानिय सरकारको निती ,कार्यक्रम,कानुन लगायतका सम्पुर्ण बिषयबस्तुहरु पारित गर्ने स्थल नगरसभा रहेको जनाए ।

अधिकारीले जनताको आवश्यकताई पुरागर्न जनप्रतिनिधिले ल्याएको बिकासका सम्पुर्ण योजनालाई पुरागर्नु सरकारको दायित्व भित्र पर्ने भएकाले साही अनुसारको योजना आवश्यकताको आधारमा परिपुर्ति गर्दै लगिने उल्लेख गरे । यसैक्रममा बर्दिवास नगरपालिका नगरसभाको १७ औँ हिउँदे अधिवेशनबाट वडा तथा नगर स्तरीय योजना संसोधन,लेखा समिति गठन तथा सञ्चालन नियमावली ,२०८२ तथा बर्दिवास अस्पतालको अस्थायी दरबन्दी स्वीकृत सहितका कार्यविधि प्रस्ताब भएका छन्

। नगरसभामा सदस्यहरुले उठाएका प्रश्नहरुको नगरप्रमुख क्षेत्रीले जवाफ दिएकोबर्दिवास नगरपालिका भुमि शाखा प्रमुख पबन कार्कीले जानकारी दिए ।
नगरसभामा बर्दिवास नगरपालिका भित्रको सुरक्षा ब्यवस्थालाई थप सुदृढ गर्दै प्रभाबकारी बनाउन महत्वपुर्ण भुमिका खेलेकोमा ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक बिकास बमलाई नगरपालिकाले सम्मान गरेको छ । बमले बर्दिवास नगरपालिका भित्रको सुरक्षा ब्यवस्थालाई सबल बनाउदै नगरभित्रको अबैध क्रियाकलाप नियन्त्रण गरेर नगरिकलाई सुरक्षाको अनुभुति गराउन सहसका साथ भुमिका खेलेको भन्दै नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले सम्मानपत्र प्रदान गरेका हुँन।
अधिवेशनमा उप प्रमुख तारादबी महतो प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी १४ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिका, नगरसभाका सदस्यहरू कर्मचारी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...