अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसमा वर्दिबासमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

आज्ञन खबर
बर्दिवास
महोत्तरीको वर्दिबास नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस–२०२५ को अवसरमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। सुरक्षित आप्रवासन, श्रमिकको हकहित र अधिकारप्रति जनचेतना फैलाउने उद्देश्यसहित कार्यक्रम सम्पन्न गरिएको हो। नगरपालिका प्रबक्ता बिजय कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत राममणि अधिकारी बिभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो

वि.सं. २०८२ पुस ३ गते (सन् २०२५ डिसेम्बर १८) मा भएको सो कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माननीय शारदा देवी थापा प्रमुख अतिथि रहेकी थिईन।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सुरक्षित, मर्यादित र सीपयुक्त रोजगारी सुनिश्चित गर्न राज्य र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताईन।
उनले सही सूचना, सीप र सचेतना नै सुरक्षित आप्रवासनको आधार भएको उल्लेख गरीन।

“सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा दिप प्रज्वलनमार्फत वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै श्रमिकलाई दलालबाट जोगिन, वैधानिक प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरिएको थियो।

कार्यक्रमको आयोजना वर्दिबास नगरपालिकाले गरेको हो। नगरपालिकाले आप्रवासी श्रमिकको सुरक्षा, अधिकार र सचेतनाका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...