आज्ञा खबर
पर्सा
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ स्थित बलुवा गाउँमा खेतभित्र लुकाएर राखिएका ४५० थान मोबाइल फोन सशस्त्र प्रहरीले फेला पारेको छ। भारतबाट चोरी–तस्करी गरी ल्याइएका यी मोबाइल विशेष सूचनाका आधारमा गरिएको खोजतलास क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार बरामद मोबाइलको कुल बजार मूल्य करिब नौ लाख रुपैयाँ बराबर पर्छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाउन बरामद सामग्री वीरगन्ज भन्सार कार्यालय पठाइएको छ।
तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।






