बर्दिवासमा सात सदस्यीय ‘सुनगाभा सञ्चार’ समिति गठन

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित रेडियो सुनगाभा को विगतमा काम गरेका तथा हाल कार्यरत पत्रकार तथा कर्मचारीहरूले शुक्रबार सामूहिक पिकनिक तथा बनभोज कार्यक्रम सम्पन्न गरेका छन्। बर्दिवास–३ कै कालापानी पिकनिक पार्कमा आयोजित उक्त कार्यक्रममा रेडियो को स्थापना कालदेखि अहिलेसम्म योगदान पुर्‍याएका अधिकांश कर्मचारीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

सहभागीहरूले एक–अर्काबीचको सुख–दुःख साटासाट गर्दै विभिन्न सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम गरेका थिए। लामो समयदेखि रेडियोमा काम गर्दै आएका कर्मचारीहरूबीच आपसी सद्भाव, समझदारी र एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

यसै अवसरलाई समेट्दै रेडियो सुनगाभाका स्थापना कालका कार्यक्रम संयोजक विनोद ढुंगेलको अध्यक्षतामा सात सदस्यीय सुनगाभा सञ्चार तदर्थ समिति पनि गठन गरिएको छ। समिति मा

  • अध्यक्ष : विनोद ढुंगेल
  • उपाध्यक्ष : हेम कुमारी बराल
  • सचिव : अनु खनाल
  • कोषाध्यक्ष : आरती बुढाथोकी
  • सदस्य : डोरप्रसाद पौडेल
  • सदस्य : अजय साह लगायतका रहेका छन

समितिले आगामी दिनमा पत्रकारिता विकासका तालिम, तथा पत्रकारहरुको हक हितमा कामगर्दै उनिहरुकोक्षमता अभिवृद्धि गरेर पत्रकारितासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना सहित सञ्चारकर्मीहरूको पेशागत उन्नयनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...