भारतका विभिन्न सहरबाट उद्धार गरिएका १६ बालबालिकालाई जनकपुरधाममा अभिभावकको जिम्मा

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

भारतका विभिन्न सहरमा अल्झिएका १६ बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा आफ्ना परिवारको जिम्मा लगाइएको छ।

मधेस प्रदेशका महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका ती बालबालिका भारतको मुम्बई, दिल्ली र बिहारका विभिन्न ठाउँमा पुगेका थिए। भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उनीहरूलाई उद्धार गरी स्वदेश फर्काएको हो।

जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहबरमा बालबालिकालाई अभिभावकहरूलाई जिम्मा लगाइएको थियो।

राष्ट्रिय बालअधिकार परिषद्, मधेस प्रदेशका समन्वय अधिकृत सञ्जीव महतोका अनुसार उद्धार गरिएका बालबालिकाको उमेर ९ देखि २२ वर्षसम्मको छ।

यस्तै, ‘कीन इन्डिया’ले भारतीय प्रहरीको समन्वयमा थप दुई बालिकाको पनि उद्धार गरेको छ। उनीहरूलाई बालकल्याण समिति तथा बालबालिका खोज तथा उद्धार केन्द्र जनकपुरधाममार्फत परिवारको जिम्मा लगाइएको जनाइएको छ।

महतोका अनुसार उद्धार गरिएका बालबालिका मध्ये धेरैजसो रोजगार, आम्दानी र अवसरको खोजीमा भारत पुगेका थिए। संस्था र प्रहरीको संयुक्त पहलमा उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको हो।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...