आज्ञा खबर
पर्सा
दाइजोका कारण श्रीमतीको हत्या गरी फरार रहेका पर्साका एक व्यक्तिलाई घटना को चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–७ अलौका २५ वर्षीय साहजिम मियाँ अन्सारीलाई बिहीबार बिहान विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
अन्सारीले २०७८ साल बैशाख ३ गते आफ्नी २२ वर्षीया श्रीमती रबिना खातुनलाई दाइजोको विषयमा विवाद हुँदा कुटपिट गरी हत्या गरेका थिए। त्यसघटनापछि उनी फरार रहेका थिए।
संबन्धित अदालतले कर्तव्य ज्यान मुद्दामा अन्सारीलाई दोषी ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
फरार रहेका अन्सारीलाई प्रहरीले वीरगञ्ज–१७ अलौस्थित आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।
हाल उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
