खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दिवासको सातौँ वार्षिक साधारणसभा हुँदै

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

 बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा आगामी मंसिरगते, शनिवार बिहान ११ बजे गर्ने भएको छ। संस्थाको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारणसभा संस्थाको मुख्य कार्यालय परिसरमा बस्ने तय गरिएको हो।

संस्थाले बर्दिवास नगरपालिका अन्तर्गतका वडा नम्बर , , १४ का सम्पूर्ण उपभोक्ताहरूलाई उक्त साधारणसभामा उपस्थित हुँन अनुरोध गरेको छ। साधारणसभामा संस्थाको वार्षिक कार्यसम्पादन, आर्थिक विवरण, नीतिगत दस्तावेजहरू र आगामी योजना सम्बन्धी महत्वपूर्ण विषयमा छलफल गरिनेछ।

संस्थाका अध्यक्ष भुलन बहादुर सेनका अनुसार साधारणसभामा निम्न विषयहरूमा मुख्यरूपमा छलफल हुनेछः

  • अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनआगामी वर्षको कार्ययोजना अनुमोदन,
  • आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन,
  • आर्थिक प्रशासन नीति, उपभोक्ता कार्यविधि, निर्वाचन कार्यविधि मानव संसाधन नीति सम्बन्धी प्रस्तावहरू,
  • तथा संस्थाको (बिधान) सम्बन्धी संशोधन वा परिमार्जनका विषयहरू।

अध्यक्ष सेनले साधारणसभालाई संस्थाको पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण अवसरका रूपमा लिने बताएका छन्। उनका अनुसार उपभोक्ताहरूको सक्रिय सहभागिता र सुझाव संस्थाको आगामी योजना र सेवाको गुणस्तर सुधारमा सहायक हुने विश्वास लिइएको छ।

संस्थाले तात्कालिन बर्दिवास   गा.बि.स   का ९ वटा वडा र गौरीवास गा.बि.स का २ वटा वडाका बासिन्दालाई स्वच्छ पानी सरसफाई सेवा प्रदान गर्दै आएको छ। हाल संस्था ले बर्दिवासको मुख्य सहर क्षेत्रमा पाइपलाइन विस्तार, पानी श्रोत संरक्षण, तथा उपभोक्ता सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

साधारणसभामा उपभोक्ताको हक, सेवा सुधार, र संस्थाको दिगोपनासम्बन्धी विषयमा समेत खुला छलफल हुने जनाइएको छ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...