मधेशमा नयाँ सरकार गठनमा संघीय लोकतान्त्रिक मोर्चाको भूमिका : जनअपेक्षा अनुसारको सुशासनको आशा

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम,
मधेश प्रदेशमा लोसपाका नेता जितेन्द्र प्रसाद सोनार (सोनल)को नेतृत्वमा नयाँ सरकार गठन हुनासाथ संघीय लोकतान्त्रिक मोर्चाले यसलाई आफ्नो सामूहिक प्रयास र एकताबद्ध पहलको परिणामका रूपमा प्रस्तुत गरेको छ।

मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नयाँ सरकारले प्रदेशको जनअपेक्षा अनुरूप काम गर्ने विश्वास व्यक्त गरेका छन्। उनले सोनल नेतृत्वको सरकार संघीयता सुदृढ पार्ने, सुशासन सुनिश्चित गर्ने र भ्रष्टाचारको अन्त्यतर्फ निर्णायक कदम चाल्ने उल्लेख गरे।

विज्ञप्तिमा भनिएको छ, “हामी विश्वास गर्छौं— यो सरकार संघीयतालाई बलियो बनाउने, जनताको भावना र जेनजी आन्दोलनको आकाङ्क्षा सम्बोधन गर्ने, र प्रदेश विकासका सवालमा ठोस परिणाम ल्याउनेछ।”

डा. यादवले मोर्चाका घटक दलहरू आगामी दिनहरूमा पनि आपसी एकता, समन्वय र साझा प्रतिबद्धताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, प्रदेशको स्थायित्व र विकासका लागि राजनीतिक दलबीचको सहकार्य अत्यावश्यक रहेको छ।

संघीय लोकतान्त्रिक मोर्चा पछिल्ला राजनीतिक घटनाक्रममा निर्णायक शक्ति बन्दै आएको छ। सोनलको नेतृत्वमा बनेको यो सरकारले मधेशमा सुशासन र विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...