आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारमा दुई नयाँ मन्त्री थपिएका छन्। जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेलले आज विना विभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दुबै जनालाई शपथ गराएकी हुन्। नयाँ मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल (सोनार) को सिफारिसमा प्रदेश प्रमुख भण्डारीले उनीहरूलाई मन्त्री नियुक्त गरेकी थिइन्।
यससँगै मुख्यमन्त्री सोनल नेतृत्वको मन्त्रिपरिषद्मा दुई नयाँ सदस्य थपिएका छन्, जसले अब सरकारको काम–कारबाहीलाई गति दिने अपेक्षा गरिएको छ।





































