बर्दिवास नगरपालिकामा सार्वजनिक बिदा

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

बर्दिवास नगरपालिकाले नगरकार्यपालिका सदस्य तिर्थबहादुर अछामी र नगरपालिका कर्मचारी श्याम महतोको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै असोज २८ गते (मंगल) का दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाका अनुसार ४९ वर्षको उमेरमा सदस्य अछामी र ५६ वर्षको उमेरमा कर्मचारी महतोको असामयिक निधन भएको हो। नगरपालिकाको असोज २५ गतेको कार्यपालिका बैठकले दुबै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै बर्दिवास नगरपालिकाको कार्यालय, मातहतका कार्यालयहरू तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक शोक बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राममणि अधिकारीले हस्ताक्षर गरेको सूचनामा उक्त निर्णयको जानकारी दिँदै बिदाको समयमा कार्यालय र विद्यालयहरू बन्द रहने जनाइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...