आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका–१३ निवासी तथा नेपाली कांग्रेसका क्रियाशील सदस्य हिरालाल सिंहको निधनसँगै एक लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय व्यक्तित्वको जीवन–यात्रा अन्त्य भएको छ। सोमबार राति ८ः५४ बजे ७० वर्षको उमेरमा थाइराइड र क्यान्सर रोगसँग लड्दै आएका सिंहको देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ।
राजनीतिक यात्राको सुरुवात
हिरालाल सिंह २०५४ सालदेखि २०५९ सालसम्म तत्कालीन बिजलपुरारा गाविसका उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए। गाउँको नेतृत्व सम्हाल्दै गर्दा उनले विकासका आधारभूत कामदेखि शिक्षा, सडक, खानेपानीजस्ता आवश्यक पूर्वाधार निर्माणमा पहल गरेका थिए।
२०५४ सालदेखी २०५९ साल सम्म नेपाली कांग्रेसबाट तात्कालिन गाबिस उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनि २०७४ साल र २७९ सालमा नेपाली कांग्रेसबाट बर्दिवास नगरपालिका १३ काे वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए। यद्यपि सिंह दुबै पटक पराजित भए पनि स्थानीय राजनीतिमा उनको सक्रियता कहिल्यै रोकिएन। हारमा निराश नभई उनले आफ्नो भूमिका सामाजिक कार्य र संगठन सुदृढीकरणमा केन्द्रित गरे।
संगठन र समाजमा योगदान
बिजलपुरा क्षेत्रका बासिन्दाले उनलाई “सधैं उपलब्ध हुने सहयोगी हात” भनेर आजपनि सम्झिन्छन्। पार्टीको कार्यक्रममा सक्रिय सहभागिता जनाउने मात्र नभई, व्यक्तिगत स्तरमै छिमेकी र गाउँका मनिसको कठिनाइमा सहयोग गर्ने उनको स्वभावले उनलाई विशिष्ट बनाएको थियो।
उनका भतिजा रमेश सिंहका अनुसार, “हिरालाल काका कुनै पद–प्रतिष्ठाको लागि भन्दा पनि समाजको भलाइका लागि लागिरहने व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले आफ्नो राजनीतिक जीवनमा हार जितलाई भन्दा पनि सेवाभावलाई प्राथमिकता दिनुभयो।”
अन्तिम क्षण र श्रद्धाञ्जली
उनको निधनपछि मंगलबार बिहान बर्दिवास नगरप्रमुख तथा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. १ का महासमिति सदस्य प्रह्लाद कुमार क्षेत्रीले उनको पार्थिव शरीरमा नेपाली कांग्रेसको पार्टी झन्डा ओढाएर हार्दिक श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा कांग्रेसका स्थानीय नेताहरू, कार्यकर्ताहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
सिंहले आफ्नो जीवनकालमा पार्टी र समाजलाई दिएका योगदानलाई स्मरण गर्दै नेताहरूले उनलाई इमानदार, सरल र समाजमुखी व्यक्ति भनेर व्याख्या गरे।
पारिवारिक जीवन
स्व. सिंहले परिवारका दुई छोरासहित श्रीमतीलाई छोडेर गए। लामो समयदेखि रोगसँग जुधिरहेका उनी अन्तिम समयसम्म पनि आफ्ना साथीभाइ र आफन्तसँग राजनीतिक र सामाजिक विषयमा चर्चा गर्न रुचाउँथे भन्ने कुरा उनका नजिकका साथीहरूमध्ये उनि तत्कालिन गाबिस उपाध्यक्षको जिम्मेवारीमा रहेको समयका गाबिस अभ्यक्ष गंगा प्रसाद राउतले स्मरण गरेका छन्।
एउटा पुस्ताको प्रतिनिधि
हिरालाल सिंहको जीवन–यात्रा एउटा पुस्ताले राजनीति र समाजलाई कस्तो रूपले सेवा दिन सक्छ भन्ने उदाहरण हो। पदमा रहँदा पनि र पदबिना रहँदा पनि समाजलाई केही दिन सकिन्छ भन्ने अभ्यास उनले आफ्नै जीवनमार्फत देखाएका थिए।
सिंहको निधनले हालको बर्दिवास र विशेषतः बिजलपुरा क्षेत्रले एक निष्ठावान्, इमानदार र समाजप्रेमी व्यक्तित्व गुमाएको छ। तर उनले छाडेका योगदान र सेवाभावको प्रेरणा भने दीर्घकालसम्म स्थानीय राजनीतिको जगमा स्मरण रहिरहनेछ । भन्ने बिश्वास बर्दिवासका सम्पुर्ण नगरवासीले लिएको बताईएको छ ।
