इलेक्ट्रोनिक्सको नयाँ गन्तव्यः बर्दिवासमा युके ब्रान्डका सम्पूर्ण होम एप्लायन्स

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास तीव्र गतिमा व्यापार र सेवा क्षेत्रको केन्द्र बन्दै गएको छ। कृषि, उद्योग र यातायातसँगै अहिले यहाँको बजारलाई अर्को नयाँ पहिचान दिएको छ—इलेक्ट्रोनिक्स हबले उपभोक्ताको जीवनशैलीलाई सहज, स्मार्ट र आधुनिक बनाउन बर्दिबाससिथत औरही रोडमा शुक्रवारदेखी सञ्चालनमा आएको बेला होमले अब युके ब्रान्डका सम्पूर्ण इलेक्ट्रोनिक होम एप्लायन्सहरू उपलब्ध गराउन थालेको छ।

आधुनिक जीवनशैलीका लागि आवश्यक उपकरण

आजको ब्यस्त जीवनमा इलेक्ट्रोनिक होम एप्लायन्सहरू विलासिता नभई आवश्यकता भइसकेका छन्। खाना पकाउनेदेखि घर सफा राख्ने, गर्मीमा चिसोमा बस्ने वा कपडा धुने जस्ता कामहरुलाई अब प्रायः सबैजसो उपकरणले सजिलो बनाइदिएको छ। बेला होममा युके ब्रान्डका फ्रिज, वासिङ मेसिन, एयर कुलर, ग्राइन्डर, इलेक्ट्रिक कितलि लगायतका दर्जनौं उत्पादनहरू सुपथ मूल्यमा सहज रूपमा उपलब्ध छन्।

स्थानीय बजारमा नयाँ विकल्प

बर्दिबासका उपभोक्ताले आज भन्दा केहीबर्ष अघि मात्रैपनि प्रायः गुणस्तरीय सामग्री खरीद गर्नकालागी जनकपुर,काठमाडौँ वा विराटनगरजस्ता ठूलो शहरबाट महँगो भाडा तिरेर सामान ल्याउनुपर्ने अवस्था थियो। तर,केहि बर्षयता बर्दिवासमा यस्ता समस्याको अन्त्य भएको स्थानियहरुको भनाई छ । बर्दिवास नगरको मुख्य बजारमा अहिले नाम चलेका ब्रान्डको गुणस्तरीय सामान बिक्रिगर्ने पसलहरुको होडबाजीनै चलिरहेको समयमा बेला होममा युके ब्रान्डका गुणस्तरीय सामग्री सहजै पाइने भएपछि स्थानीयस्तरमै सुविधाजनक विकल्प बनेको छ।
व्यापारीहरूको भनाइअनुसार, बजारमा गुणस्तर, टिकाउपन र आधुनिक प्रविधिका कारण युके ब्रान्डको माग दिनप्रतिदिन बढिरहेको छ।

रोजगारी र व्यापारिक चहलपहल

बर्दिवासको मुख्य बजारमा यस्ता शोरूम तथा डिलरशिप खुलेसँगै स्थानीय स्तरमै रोजगारी सिर्जना भएको छ भने बजारमा इलेक्ट्रोनिक्सका कारण प्रतिस्पर्धा बढेर उपभोक्ताले फाइदा उठाएका छन्। बर्दिबासलाई मधेश प्रदेश को महत्वपूर्ण व्यापारिक नाकाको रूपमा विकसित गर्ने योजनामा पनि यसले थप ऊर्जा दिएको व्यापारीहरूको दाबी छ।

ग्राहकमैत्री सेवा र सुपथ मूल्य

बेला होम बर्दिवासकाका सञ्चालक सुबोध कट्टेल भन्छन “हामीले बर्दिबासमा बस्ने उपभोक्ताले पनि राजधानीजस्तै सुपथ मूल्यमा गुणस्तरीय होम एप्लायन्स खरीद गरेर प्रयोग गर्न सकून् भन्ने उद्देश्य राखेका छौं। उत्पादनमा वारेन्टी, सेल्स–सर्भिस र ग्राहकमैत्री सुविधा पनि हामिकहा उपलब्ध छ।”

बर्दिबास ः प्रदेशकै इलेक्ट्रोनिक्स हबतर्फ

बर्दिबासमा पछिल्ला वर्षहरूमा होटल, महल, सुपरस्टोरदेखि लिएर आधुनिक रेष्टुराँसम्म खुलेका छन्। अब युके ब्रान्डका उत्पादनहरूसहितको इलेक्ट्रोनिक्स शोरूमको विस्तारले बर्दिबासलाई प्रदेशकै इलेक्ट्रोनिक्स हब बनाउन थप सहयोग पु¥याएको देखिन्छ।
युके ब्रान्डका होम एप्लायन्स अब बर्दिबासमै पाइने भएपछि उपभोक्तालाई गुणस्तरीय जीवनशैली रोज्न सजिलो भएको छ। स्थानीय बजारमा यसले व्यापारिक चहलपहल मात्र बढाएको छैन, बर्दिबासलाई आधुनिक शहरी जीवनशैलीसँग जोड्ने नयाँ पाटो पनि खोलिदिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...