संविधान दिवसमा बर्दिवासमा दीप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रम

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
संविधान दिवसको अवसरमा बर्दिवास नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

शुक्रबार बिहान बर्दिवास नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा देशमा आमूल परिवर्तनका लागि प्राण आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले राष्ट्रिय झण्डा फहराएका थिए।

यसैगरी साँझ बर्दिवासको मुख्य क्षेत्र सिन्धुलीचोकको तिनकुनेमा नगरपालिका तथा विभिन्न राजनीतिक दलहरूको सहकार्यमा दीप प्रज्वलन कार्यक्रम गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभाका सांसद भरत प्रसाद साहले संविधानले मुलुकलाई स्थायित्व र लोकतान्त्रिक मार्गमा अगाडि बढाएको बताए। उनले सबै वर्ग, जाति, समुदाय र क्षेत्रको अधिकार सुनिश्चित गर्न संविधानलाई प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता भएको उल्लेख गरे।

त्यसैगरी बर्दिवास नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले संविधान दिवसलाई एकताको प्रतीकका रूपमा लिनुपर्ने बताए। उनले भने, “संविधानले हामीलाई अधिकार मात्र दिएको छैन, जिम्मेवारी पनि दिएको छ। त्यसैले सबै मिलेर यसको कार्यान्वयनमा साथ दिनुपर्छ।”

कार्यक्रममा महोत्तरी क्षेत्र नम्बर १ ( क) कि प्रदेश सभा सदस्य शारदा देवी थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, नगरपालिका कर्मचारीलगायतको सहभागिता रहेको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...