बर्दिवास नगरपालिकालाई सुरक्षित बनाउन छलफल

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका भित्र सुरक्षा चुनौती नियन्त्रणमा प्रभावकारी कदम चाल्नका लागि नगरपालिका सीसीटीभी क्यामेरा जडान गर्ने तयारीमा लागेको छ। नगरपालिकाले बैंक तथा वित्तीय संस्था र इलाका प्रहरी कार्यालयसँग सहकार्य गरी नगरलाई सुरक्षित बनाउन सार्वजनिक स्थल, मुख्य चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानहरूमा क्यामेरा जडान गर्ने निर्णय गरेको हो।

यस कार्यका लागि नगरपालिकाले मंगलवार बैंक तथा सुरक्षा निकाय संग आवश्यक छलफल गरेको छ। यो छलफल पछि नगरपालिकाले प्रस्ताव (Proposal) तयार गरी  बैंक तथा वित्तीय संस्थाहरूलाई पत्र पठाउने गरी सो अभियानमा सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गरेको छ।

नगरपालिकाले प्रहरी प्रशासनसँग सहकार्य गर्दै ‘सुरक्षित नगरपालिका’ निर्माण गर्ने लक्ष्य लिएको छ। स्थानीयवासीले यस कदमलाई स्वागत गर्दै यसले चोरी, लुटपाट, ठगीजस्ता अपराध रोकथाममा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...