बर्दिवास नगरपालिकाले विद्यालयसँग सूचना माग्यो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयलाई सूचना उपलब्ध गराउन आग्रह गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट जारी पत्र अनुसार विद्यालयमा उपलब्ध प्राविधिक संरचना, उपकरण तथा सेवासम्बन्धी विवरण माग गरिएको हो।

२०८२ साल भदौ ३० गते सोमवार उल्लेख गरिएको पत्रमा विद्यालयहरूमा इन्टरनेट सेवाको उपलब्धता, त्यसको प्रयोग अवस्था, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, प्रोजेक्टर, स्मार्ट बोर्ड जस्ता उपकरणहरूको संख्या, अवस्था र प्रयोगको विवरण पठाउन आग्रह गरिएको छ। साथै, यस्ता उपकरण कुन र कस्ता संस्थाबाट उपलब्ध गराइएको हो भन्ने विवरण पनि माग गरिएको छ।

त्यस्तै, प्राविधिक सम्बन्धी तालिम प्राप्त गरेका शिक्षक÷कर्मचारी, तालिम प्रयोगको अवस्था तथा थप आवश्यक तालिमबारे जनशक्ति विवरण पनि अनिवार्य रूपमा उपलब्ध गराउन नगरपालिकाले निर्देशन दिएको छ।

नगरपालिकाले सो विवरण १५ दिनभित्र अनिवार्य रूपमा बुझाउनुपर्ने बर्दिवास नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका
उप–सचिव रेवेतीप्रसाद पराजुलीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरीएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...