निजामती सेवा दिवसमा कार्यवाहक मुख्यमन्त्री यादवको आह्वान: “जनताप्रति उत्तरदायी सेवा प्रवाह गर्नुपर्छ”

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवम् भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले निजामती कर्मचारीलाई जनता प्रति जिम्मेवार र उत्तरदायी भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

आइतबार राजधानी जनकपुरधाममा मनाइएको निजामती सेवा दिवस–२०८२ को अवसरमा गृह, सञ्चार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै यादवले कर्मचारीलाई जनप्रतिनिधिसँगै एउटै यात्रामा सामेल हुने सहयात्रीको उपमा दिए।

“विकास र समृद्धिको यात्रामा जनप्रतिनिधि र कर्मचारी दुवै समान रूपले जिम्मेवार हुन्छन्। दुवैले इमान्दारिता र निष्ठाका साथ काम गरे देशलाई समृद्ध बनाउने काममा ढिलाइ हुँदैन,” यादवले भने।

उनीनुसार इमानदार र उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने मात्र होइन, कार्यालयमै उनीहरूको योगदानलाई देखिने किसिमले प्रदर्शन गर्नुपर्छ। त्यसका लागि ‘उत्कृष्ट कर्मचारीको फोटो कार्यालयमा झुण्ड्याउने प्रावधान’ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख सचिव मदन भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विमल बराल, धनुषाका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, शाखा अधिकृत राधेशंकर पाललगायत विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए।

यसअघि बिहान “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नारासहित प्रभातफेरी गरिएको थियो। जिल्ला प्रशासन कार्यालय धनुषाको प्राङ्गणबाट सुरु भएको सो प्रभातफेरीमा चारै सुरक्षा निकायका अधिकारी, विभिन्न मन्त्रालयका उच्च ओहदाका कर्मचारी तथा विभिन्न कार्यालयका कर्मचारीहरूको सहभागिता थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...