नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको छैठौं साधारणसभा सम्पन्न

आज्ञा खबर
धनुषा

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको छैठौं वार्षिक साधारणसभा शनिबार धनुषाको लालगढस्थित गौतम होटलमा सम्पन्न भएको छ ।

महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा साधारणसभा सुरु भएको थियो । सो अवसरमा विशेष अतिथिका रूपमा सहभागी बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले सम्बोधन गर्दै होटल तथा पर्यटन क्षेत्र मधेश प्रदेशकै आर्थिक विकास र रोजगारी सृजनाको महत्वपूर्ण आधार बन्न सक्ने बताए । पर्यटन विकासका लागि निजी–सार्वजनिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय तह पनि पर्यटन प्रवद्र्धनमा साझेदार बन्ने प्रतिबद्धता जनाए ।

यसैगरी, महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले होटल तथा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न घुमौ मधेश बुझौ प्रदेश मार्फत पर्यटकिय गन्तब्यहरुको पहिचान गरीएको उल्लेख गरे । उनले प्रदेश तथा स्थानिय स्तररका समन्वयलाई अझ प्रभावकारी बनाउन महासंघ सक्रिय रहेको जानकारी दिए । उनले पर्यटन पूर्वाधार विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा आन्तरिक–बाह्य पर्यटक आकर्षणलाई प्राथमिकतामा राखेर महासंघले ८ वटै जिल्लामा काम गरिरहेको बताए ।

साधारणसभामा महासंघका पदाधिकारी, होटल तथा पर्यटन व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...