आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशसभाको छैठौं अधिवेशन आगामी भदौ १२ गतेदेखि प्रारम्भ हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो।
प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८२ भदौ ४ गते बसेको बैठकले अधिवेशन बोलाउन सिफारिस गरेको थियो। सो सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले भदौ १२ गते दिउँसो १ बजे अधिवेशन सुरु हुने गरी आह्वान गरेका हुन्।
यससँगै प्रदेशसभा भवनमा फेरि राजनीतिक दलहरूबीच नीति, कार्यक्रम तथा विधेयकसम्बन्धी छलफल प्रारम्भ हुने तयारी भएको छ।
