आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारले सात वर्षअघि सुरु गरेको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ योजना अन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा कार्यक्रम’ यस वर्ष स्थगित गरिएको छ।
शिक्षा विकास निर्देशनालयका अनुसार चालू आर्थिक वर्ष २०८२÷८३ को बजेटमा यस कार्यक्रमका लागि कुनै विनियोजन गरिएको छैन। निर्देशनालयकी कार्यक्रम संयोजक प्रियङ्का यादवले बजेट अभावका कारण बीमा कार्यक्रम रोकिएको जानकारी दिइन्।
निर्देशनालयका तथ्यांक अनुसार अहिलेसम्म यस कार्यक्रमअन्तर्गत १४ हजार ४ सय ५३ जना छोरीहरूको बीमा भइसकेको छ। यद्यपि १० हजार छोरीको बीमा प्रिमियम अझै तिर्न बाँकी छ। कार्यक्रम अन्तर्गत एक जनाको बीमा प्रिमियम ३७ हजार ४ सय ५७ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।
शिक्षा अधिकारीहरूले आगामी दिनमा बजेट उपलब्ध हुनासाथ कार्यक्रम पुनः संचालन गर्ने आशा व्यक्त गरेका छन्।
