आज्ञा खबर
बर्दिवास
जलेश्वरस्थित जिल्ला कारागारमा थुनामा रहेका एक कैदीबन्दीको उपचारकै क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा गौशाला नगरपालिका–५ स्थायी घर भई हाल बर्दिवास नगरपालिका–१४, शुभम बस्ती टोलमा बस्दै आएका ६० वर्षीय राजकिशोर साह रहेको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोककुमार क्षेत्रीले जानकारी दिए।
कारागार प्रमुख क्षेत्रीका अनुसार शनिबार राति साहको अचानक स्वास्थ्यमा समस्या आएपछि बेहोस भएका थिए। उनलाई तुरुन्तै प्रादेशिक अस्पताल जलेश्वर पु¥याइएको भए पनि उपचारको क्रममा निधन भएको हो।
साहको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको जनाइएको छ।





































