स्थानिय सरकारसँगको सम्झौता पुनरावलोकन बैठक बर्दिवासमा सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
स्थानिय सरकारसँग भएको सम्झौता पत्रको पुनरावलोकन बैठक बुधवार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ। सेभ द,चिल्ड्रेनको आर्थिक सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्चको आयोजना र बर्दिवास नगरपालिकाको समन्वय तथा सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यता र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका उपाध्यक्ष सोम बहादुर कार्कीको अध्यक्षतामा भएको बैठकमा शिक्षा, स्वास्थ्य, मनोपरामर्श, बाल संरक्षण,जिबिकोपार्जनलगायतका विषयमा विगतमा सम्पन्न कार्यको समीक्षा, वर्तमानमा भइरहेको गतिविधिको मूल्यांकन तथा भविष्यका योजनाबारे विस्तृत छलफल भएको मञ्चले जनाएको छ।

कार्यक्रममा बोल्दै नगरप्रमुख क्षेत्रीले नगरमा शिक्षा विकासका लागि १० वर्षे योजनाबारे जानकारी दिँदै यसको प्रभावकारी कार्यान्वयनकालागी सबैको सहयोग आवश्यक रहेको बताए। उनले नगर बिकासकालागी स्थानिय स्तरमा साझेदार संस्थाहरुको सहकार्यले थप टेवा पुगेको बताए। क्षेत्रीले साझेदार संस्थाको निती निर्माणमा नगरपालिका सकारात्मक रहेको भन्दै हरेक कार्यको योजना अनुसार छलफल, सहमती र सहकार्य गरेर अघि बढनुपर्ने कुरामा जोड दिए। यसैगरी, सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका उपाध्यक्ष सोम बहादुर कार्कीले स्थानीय सरकारसँगको सहकार्यले बाल संरक्षण र सामुदायिक सशक्तिकरणमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गरे।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...