बर्दिवासका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको घरदैलो शैलीको नेतृत्व

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
सामान्यतया कार्यालयमा बसेर फाइलमा हस्ताक्षर गर्ने, कार्यक्रमको मञ्चमा भाषण गर्ने, वा औपचारिक बैठकमै सीमित हुने प्रवृत्ति धेरै जनप्रतिनिधिहरूमा देखिन्छ। तर, बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री मधेश प्रदेशकै त्यसको अपवाद बनेका छन्। उनी नगर प्रमुख मात्रै होइनन, जनताको घरदैलोमै पुगेर, आगनमा बसेर समस्या सुन्ने, समाधानका उपाय खोज्ने ‘घरदैलो प्रमुख’ को रुपमा परिचित बनेका छन्।

क्षेत्रीको नेतृत्व शैलीको मूल बिषयमा छ – ‘जनतासँग प्रत्यक्ष संवाद’।

बिहानैदेखि नगरको टोलटोलमा आवश्यकता अनुसार पुग्दै, स्थानीय बासिन्दासँग हात मिलाउँदै, उनी कुनै औपचारिक भाषणमा होइन, सामान्य गफको शैलीमा समस्या सोध्छन्। पानीको धारा सुक्यो कि छैन, सडकमा खाल्डाखुल्डी छ कि छैन, विद्यालयमा शिक्षक पुगेका छन् कि छैनन—यस्ता प्रश्नहरू उनी सधैं जनताको मुखबाट सुन्न चाहन्छन्।

उनको यो यात्रा, कुनै मेला वा चुनावी प्रचारको बेला पनि होइन, सामान्य दिनमा पनि क्षेत्रीको ‘घरदैलो अभियान’ नगरको आवश्यकता अनुसार जनगुनासो सुन्ने र समाधान गर्ने प्रक्रियामा चलिरहन्छ। भेटघाटमा सुनेका समस्याहरू उनी त्यत्तिकै बिर्सँदैनन्। सम्बन्धित शाखा प्रमुख वा वडाध्यक्षलाई तत्काल बोलाएर अथवा सिधै आफैबाट समाधानको बाटो खोज्ने उनको कार्य शैलिले नगरवासीमा भरोसा जगाएको छ।

बर्दिवासमा जनप्रतिनिधिहरूको आलोचना हुने कारण—जनतासँग दूरीसमेत बढनु एक समस्याहो तर नागरिकको आलोचना र पत्रकारको खबरदारीलाई सधै आफ्नो सम्पतीको रुपमा लिएका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले त्यो भन्दा फरक स्वभाब भएका क्षेत्रीको जनसम्पर्कको माध्यम अर्कै छ। उनको नगरवासीको ढोका ढक्ढक्याउने शैलीले बर्दिवासका बासिन्दाले “नगर प्रमुखलाई भेट्न कुनै ठुलो कारणले कार्यालय धाउनुपर्दैन, उनि नै फोन गरेपछी आईपुग्छन” भन्ने आत्मविश्वास पाएका छन नगरवासीले । यही विश्वासकै कारण, नगरमा आयोजना हुने अधिकांश विकास, शिक्षा, स्वास्थ्य वा सरसफाइ अभियानमा जनसहभागिता उल्लेख्य हुन्छ।

चुनौती र सम्भावना

यद्यपि, हरेक समस्याको तत्काल समाधान सम्भव हुँदैन। नगरको बिकास बजेट थोरै , नागरिकको अपेक्षा धेरे ब्यस्त समय र कानुनी प्रक्रिया जस्ता अवरोधहरू क्षेत्रीले नगरवासीलाई खुलेआम बताउँछन्। तर, पारदर्शी संवादका कारण निराशा भन्दा पनि आशा बढी फैलिन्छ। यही नै उनको नेतृत्वको सबल पक्ष बनेको छ।
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको घरदैलो नेतृत्व शैलीले स्थानीय शासनलाई ‘जनताको नजिक’ ल्याउने उदाहरण प्रस्तुत गरेको छ। नेतृत्वको मूल मान्यता ‘जनताले सरकारको ढोका खोज्दै धाउनुपर्ने होइन, सरकार जनताको ढोका खोज्दै पुग्ने हो’ भन्ने हो भने, क्षेत्रीले त्यसलाई व्यवहारमै उतारिरहेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...