सर्लाहीमा आदिवासी जनजाति महासंघको नयाँ नेतृत्व चयन

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही —
आदिवासी जनजाति महासंघ, सर्लाहीको जिल्ला कार्य समिति नयाँ नेतृत्वसहित पुनर्गठन गरिएको छ। हरिवन नगरपालिका–९ घुर्कौलीस्थित आदिवासी जनजाति भवनमा आज सम्पन्न छैठौं जिल्ला अधिवेशनले मानवीर माझीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो।

निर्वाचित समितिमा उपाध्यक्ष दीपक भुजेल, सचिव कौशिल्या लुंगेली, सह–सचिव सत्य बोट र कोषाध्यक्ष ज्ञानु गुरुङ रहेका छन्। यस्तै, सदस्यमा कमल चौधरी चयन भएका छन्। महासंघमा आवद्ध १६ वटा जातीय संगठनबाट पछि एक–एक जना सदस्य मनोनयन गरी १६ सदस्यीय संरचना पूर्ण हुने बताइएको छ।

अधिवेशनसँगै महासंघको साधारण सभा सम्पन्न गरिनुका साथै ३१औँ विश्व आदिवासी जनजाति दिवस पनि एकैदिन मनाइएको थियो। कार्यक्रममा मधेश प्रदेश सभाकी सांसद बेची लुंगेली प्रमुख अतिथि रहेकी थिइन्।

निवर्तमान अध्यक्ष एकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र लामा, नारायण खपाङ्गी, लेखराम जर्गा, हीराकाजी योन्जन, इन्द्र योन्जन, छत्र डुमजन, तेजनारायण आलेलगायतको उपस्थिति रहेको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...