आज्ञा खबर
सिरहा
सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख राम पुकार साहविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, कल्याणपुर(६ मा नाला निर्माण परियोजना सम्पन्न भएपछि भुक्तानी प्रक्रियामा सेवाग्राहीसँग बीचौलियामार्फत एक लाख रुपैयाँ घुस लिएको प्रमाणसहित साहलाई पक्राउ गरिएको हो।
आयोगको भनाइअनुसार, पक्राउको समयमा घुसको सम्पूर्ण रकम बरामद गरिएको थियो। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० अनुसार साहलाई बिगो बराबरको एक लाख रुपैयाँ जरिवाना र सोही कसुरको सजायको मागदाबी गर्दै शुक्रबार आरोपपत्र दर्ता गरेको हो।
