जनमत पार्टीबाट दीपककुमार साह निष्कासित, अनुशासन उल्लंघनको आरोप

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं
जनमत पार्टीले आफ्ना निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको अनुशासन समितिको निर्णय अनुसार साह अब पार्टीको साधारण सदस्यसमेत नरहने भएका छन्।

अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्यसचिव अनिताकुमारी मण्डलले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पार्टी विरोधी गतिविधिमा निरन्तर संलग्न भएको आरोपसहित साहको निष्कासनबारे जानकारी दिइएको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार साहले पार्टीलाई विभाजन गर्ने प्रयासस्वरूप गुटगत बैठक, अन्तरवार्ता, भ्रामक समाचार प्रकाशन तथा सार्वजनिक रूपमा पार्टी नीतिको विरोध गर्नेजस्ता गतिविधि गर्दै आएका थिए। ती गतिविधिहरू पार्टीको प्रतिष्ठा, मर्यादा र आन्तरिक एकतालाई कमजोर बनाउने खालका रहेको पार्टीको दाबी छ।

अनुशासन समितिले जनमत पार्टीको विधान २०७५ को धारा ३९९क० अन्तर्गतका १२ उपधाराहरू ९उपधारा १, ३, ४, ५, ६, ७, ९, १०, १२, १५ आदि० उल्लंघन भएको ठहर गर्दै साहलाई निष्कासन गर्ने निर्णय लिएको हो।

साहलाई यसअघि पनि आन्तरिक असहमतिका कारण उपाध्यक्ष पदबाट निलम्बन गरिएको थियो। तर पार्टी भित्रको असन्तोष र असहमति सार्वजनिक बन्दै गएको अवस्थामा पार्टी नेतृत्वले अब उनको पूर्ण बहिष्कार गर्ने निर्णय लिएको हो।

पार्टीले अनुशासन उल्लंघनका यस्ता गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाएको भन्दै आगामी दिनमा यस्ता कार्य दोहोरिए कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...