सामाजिक सुरक्षा र बाल संरक्षणमा मधेश प्रदेशको ऐतिहासिक पहल: मन्त्री जयसवाल

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारले सामाजिक सुरक्षा र बाल संरक्षणका क्षेत्रमा ऐतिहासिक कदमहरू चालेको बताउँदै प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले चालु आर्थिक वर्षलाई सामाजिक सुरक्षा सुदृढीकरणको वर्षका रूपमा लिएको जानकारी दिएका छन।

जनकपुरधाममा आयोजित ूमधेश प्रदेशमा सामाजिक सुरक्षा तथा बाल संरक्षणू विषयक संवाद कार्यक्रममा बोल्दै मन्त्री जयसवालले प्रदेश सरकारले युरोपियन युनियन, संयुक्त राष्ट्र संघ, युनिसेफको सहयोग तथा लाइफ नेपालको समन्वयमा जनहितका कार्यक्रमहरू अघि बढाएको जानकारी दिए।

उनले साउन १ गतेदेखि लागू भएको ूघरधुरी बीमाू र ूनागरिक बीमाू कार्यक्रम प्रदेश सरकारको सामाजिक सुरक्षाप्रतिको प्रतिबद्धताको संकेत हो। पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकलाई बीमा दायरामा ल्याइएको छ। मन्त्री जयसवालले सामाजिक सुरक्षा प्रणालीलाई संस्थागत गर्न प्रदेश सरकारले समाज कल्याण ऐन ल्याउने तयारी पनि गरिरहेको बताए।

बाल संरक्षणका सन्दर्भमा पनि मधेश प्रदेशले अग्रगामी कदम चालेको मन्त्री जयसवालको भनाइ छ। उनले प्रदेश सरकारले ल्याएको बालिका संरक्षण ऐन मधेशलाई सातै प्रदेशमध्ये पहिलो बनाएको उल्लेख गर्दै बेटी जिन्दाबाद महाअभियान लाई यसै वर्षदेखि बजेटसहित सुरु गरिएको जानकारी समेत दिए।

कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महतोले अघिल्लो सरकारले सुरु गरेका राम्रा सामाजिक सुरक्षा कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। जसपा नेपालका प्रमुख सचेतक रामअषिश यादवले विद्यालय जान नपाएका बालबालिकालाई कक्षा कोठामा ल्याउने अभियानमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रंजित यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अवसरमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले सामाजिक सुरक्षा प्रणाली र बाल संरक्षणका सम्भावनाहरू विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...