लालबन्दीबाट गाँजासहित युवक पक्राउ, एकजना फरार

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
जिल्लाको चुरे क्षेत्रअन्तर्गत लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने भाग्न सफल भएका छन्।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार पक्राउ पर्ने युवक लालबन्दी नगरपालिका–१४ नारायणखोलाका २१ वर्षीय सन्जिव घिसिङ हुन्। उनी बा।प्र। ०२–०३२ प ५७१२ नम्बरको मोटरसाइकल चलाइरहेका बेला प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। मोटरसाइकलको पछाडि सवार अर्का व्यक्ति भने प्रहरी देख्नेबित्तिकै भागेका थिए।

प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार घिसिङले बोकेको झोलाबाट ५ किलो ३३० ग्राम गाँजा बरामद गरिएको छ। फरार व्यक्तिको खोजी कार्य जारी रहेको र यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चुरेभेगका विकट भेग हुँदै लागुऔषध ओसारपसार हुने क्रम बढ्दै गएपछि प्रहरीले निगरानी कडा बनाएको जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...