कोशी प्रदेशको कार्यवाहक प्रमुखको जिम्मेवारी सुमित्रा सुवेदी भण्डारीलाई

[sharethis-inline-buttons]

खापुङ मलेसिया भ्रमणमा, राष्ट्रपति कार्यालयले तोके भण्डारीलाई जिम्मा
आज्ञा खबर
काठमाडौं
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको मलेसिया भ्रमणका कारण सो प्रदेशको जिम्मेवारी केही दिनका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सम्हाल्ने भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार कोशी प्रदेशको कार्यवाहक प्रमुखको रूपमा भण्डारीलाई तोकेका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीलाई कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको हो।

प्रदेश प्रमुख खापुङ मलेसियामा आगामी दिनहरूमा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन जाने कार्यक्रम तय भएसँगै राष्ट्रपति कार्यालयले कोशीको जिम्मेवारी भण्डारीलाई दिन निर्णय गरेको हो।

संघीय प्रणालीमा प्रदेश प्रमुखहरूको अनुपस्थितिमा कार्यसञ्चालन निरन्तर राख्न वैकल्पिक व्यवस्था आवश्यक हुने भएकाले राष्ट्रपतिको यो निर्णयलाई औपचारिक प्रक्रिया अनुरूपको कदमको रूपमा हेरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...