आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका–११ खयरमारास्थित श्रीडुकेश्वर महादेव मन्दिरको प्रांगणमा शनिबारदेखि सार्वजनिक संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। मन्दिर स्त्तरोन्ती तथा धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव वृद्धिका लागि आयोजना गरिएको उक्त सप्ताह महायज्ञको उद्घाटन नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले एक विशेष समारोहका बीच गरेका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख क्षेत्रीले धार्मिक आयोजनाहरूले समुदायमा सकारात्मक ऊर्जा फैलाउने मात्र होइन, सामाजिक एकता र सद्भाव कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए। “शास्त्रीय ज्ञान र धर्मकथाबाट आजको पुस्ताले जीवन मूल्य र संस्कार बुझ्न सक्छन,” उनले भने, “यस्ता आयोजनाले हाम्रो संस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउँछ।”भन्दै क्षेत्रीले नगरपालिकाको दोश्रो कार्यकालमा आफु निर्वाचित भएपछी नगरवासीलाई सेवादिने बिषयमा कसैको पनि पहुँको आवश्यकता नपर्ने जनाए। उनले अफु नागरीकलाई सेवादिन निर्वाचित भएकाले नगरवासीले जुनसुकै समयमा समेत सिधै आफुलाई भेटेर कामको बिषयमा छलफल गरेर कामलिन सक्ने जनाए ।
महायज्ञमा पंडित अर्जुन दाहालको मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत कथा वाचन हुनेछ। आयोजक समितिका अनुसार कथा सप्ताह यहि साउन २३ गतेसम्म (सञ्चालन हुनेछ।
आयोजक श्रीडुकेश्वर मन्दिर समितिका अध्यक्ष उषा देबकोटाले श्रीडुकेश्वर मन्दिर स्त्तरोन्ती मात्रै नभई धार्मिक चेतना फैलाउने र स्थानीय युवालाई संस्कृतिप्रति आकर्षित गराउने उद्देश्यले महायज्ञ आयोजना गरिएको जानकारी दिईन। कार्यक्रमलाई भव्य र सफल बनाउन स्थानीय बासिन्दाको उल्लेखनीय सहयोग रहेको छ।
महायज्ञको पहिलो दिन स्थानीय समुदाय, धार्मिक अगुवा, समाजसेवी र जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कथा वाचनसँगै प्रत्येक दिन हरि संकीर्तन, आरती र प्रसाद वितरणको व्यवस्था गरिएको छ।
शान्ति, सद्भाव, धर्म र भक्ति भावनाको अभिवृद्धिका लागि यो सप्ताह एक महत्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ।





































