बर्दिबास–३ स्थित पानी खोल्सी रातमाटा सामुदायिक वनमा वृक्षारोपण

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास
महोत्तरीको बर्दिबास नगरपालिका–३ मा रहेको पानी खोल्सी रातमाटा सामुदायिक वन क्षेत्रमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यता तथा वडा नं ३ का वडाध्यक्ष विराट कुमार विष्टको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीयवासी, नेपाली सेना, विभिन्न संघसंस्थाका प्रतिनिधि, र स्थानिय युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत वन क्षेत्रभित्र पाँच सयभन्दा बढी विभिन्न जातका बिरुवाहरू रोपिएको सामुदायिक वनका अध्यक्ष रुद्र थापाले जानकारी दिए। उनका अनुसार स्थानीय सामुदायिक वन संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगरप्रमुख क्षेत्रीले वातावरण संरक्षणका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याउँदै नगरपालिकाले यस्ता अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। यसैगरी कार्यक्रममा वडा अध्यक्ष बिराटकुमार विष्टले सामुदायिक वनको संरक्षण र सदुपयोगमा स्थानीयवासीको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताए।

कार्यक्रममा सहभागी स्थानियहरूले रोपिएका बिरुवाहरुको नियमित हेरचाह तथा संरक्षण कार्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। वृक्षारोपणपछि सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै वन समितिले आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर चलाउने बताएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...