भरत तालमा फेला परेकी मृत युवतीको पहिचान खुल्यो

[sharethis-inline-buttons]

आज्ञा खबर

सर्लाही
सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत तालमा फेला परेको एक युवतीको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतक बलरा नगरपालिका–४, बरालगोठकी २० वर्षीया विकुकुमारी सहनी हुन्।

बुधबार दिउँसो भरत तालमा शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान प्रारम्भ गरेको थियो। तालको छेउमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

शवको पहिचान खुलेसँगै घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि थप तथ्य संकलन र आवश्यक विधि प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

सहनीको मृत्युका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको र सत्यतथ्य छिट्टै सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...