बलात्कार आरोपमा पूर्वप्रदेश प्रमुख राजेश झा थुनामा, पीडित महिलाविरुद्ध समेत प्रतिआरोप

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं
मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले आज उनीमाथि दर्ता भएको मुद्दामा थुनामा पठाउने आदेश दिएको हो।

झालाई गत साउन ४ गते पक्राउ गरिएको थियो। एक महिलाले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि संकलित प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको थियो।

तर घटनाले नयाँ मोड लिएको छ। पूर्वप्रदेश प्रमुख झा आफैंले पीडित भनिएकी महिलाविरुद्ध पनि जाहेरी दर्ता गराएका छन्। उनले आफूलाई षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै पीडितमाथि बदनियतपूर्वक झुटो उजुरी दिएको आरोप लगाएका हुन्।

यो घटनाले राजनीतिक वृत्तदेखि कानुनी क्षेत्रसम्म व्यापक चासो उत्पन्न गराएको छ। अदालतमा अब दुवै पक्षका दावी–प्रतिदावीमा आधारित बहस चल्नेछ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...