पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि बलात्कारको अभियोगमा मुद्दा दायर

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं,
मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज ९राजेश झा० विरुद्ध बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा औपचारिक रूपमा मुद्दा दायर गरिएको छ।

अहिराजलाई प्रहरीले साउन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो। घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान पछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार अदालतमा अभियोग पत्र पेश गरेको हो।

अभियोग अनुसार, अहिराजले २०८१ सालको जेठ ४ गते नयाँ बानेश्वरस्थित एक कोठामा एक २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेका थिए। पीडितका अनुसार, ती दुवै पहिल्यैदेखि चिनजानमा थिए र घटना पीडित डेरामा एक्लै रहेको समयमा भएको बताइएको छ।

अहिराजमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ अन्तर्गत दफा २१९९२० को खण्ड ९ङ० अनुसार ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ। साथै, सोही संहिताको दफा २१९९३क० को खण्ड ९ग० अनुसार तीन लाख रुपैयाँ जरिवाना माग दाबीसमेत अभियोग पत्रमा उल्लेख गरिएको छ।

यस मुद्दालाई काठमाडौं जिल्ला अदालतले दर्ता गरिसकेको छ भने सुनुवाइको तयारी भइरहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...