विद्यालयमा स्मृति सहयोगः देउरालीमा परियार परिवारद्वारा धारा स्थापना

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–१५, देउरालीस्थित सिद्धेश्वर प्राथमिक विद्यालयमा अब नियमित पिउने पानीको व्यवस्था हुने भएको छ।

स्थानीय परियार परिवारले आफ्ना दिवंगत अभिभावकको सम्झनामा विद्यालयलाई धारा प्रदान गरेका छन्। भक्तबहादुर परियार र बच्चीमाया परियारको सम्झनामा उनका छोराहरु छत्रबहादुर र रामहरी परियार तथा बुहारी कमला परियारको संयुक्त पहलमा उक्त सहयोग गरिएको हो।

शनिवार बिहान विद्यालय परिसरमा आयोजित सानो कार्यक्रमका बीच प्रधानाध्यापक बलराम कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर रायलाई धारा जडानका आवश्यक सामग्री तथा एक थान डस्टबिन हस्तान्तरण गरिएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा लालबन्दी–१५ का पूर्व वडा सदस्य कृष्णराज थोकर, समाजसेवी भीमबहादुर कार्कीलगायतको सहभागिता थियो।

धाराको जडानपछि विद्यालयमा पिउने पानी तथा सरसफाइमा सहजता हुने विश्वास व्यक्त गरिएको छ। सहयोगी परियार परिवारले शिक्षामा टेवा पुग्ने कुनै पनि काममा भविष्यमा पनि साथ दिने प्रतिबद्धता जनाएको छ।

विद्यालय प्रशासनले उक्त सामाजिक भावनाले प्रेरित सहयोगलाई उदाहरणीय बताउँदै धन्यवाद ज्ञापन गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...